Saturday, February 16, 2019

अर्थतन्त्रको आकार ३० खर्ब, आर्थिक बृद्धि ६ प्रतिशत मुस्किल : तथ्यांक विभाग

प्रकाशित मिति: 2018/04/25

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक बर्षको आर्थिक बृद्धि दर ५.८९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । जुन सरकारले मध्यावधि समीक्षा मार्फत तय गरेको लक्ष्य भन्दा शुन्य दशमलव ११ प्रतिशत कम हो । सरकारले बजेटको मध्यावधि समीक्षा मार्फत ६ प्रतिशतको आर्थिक लक्ष्य निर्धारण गरेको थियो ।

बुधबार पत्रकार सम्मेलन मार्फत तथ्यांक सार्बजनिक गर्दै विभागले अर्थतन्त्रको अकार ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ । विभागका अनुसार गत आर्थिक बर्षको बृद्धि दर ७.३९ प्रतशित पुगेको छ । 

सरकारले चालु आर्थिक बर्षको बजेटमा ७.२ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेको भएपनि मध्यावधि समीक्षा मार्फत त्यसलाई ६ प्रतिशतमा झारेको थियो । केही दिन अगाडि विश्व बैंकले ४.६ प्रतिशत तथा एसियाली विकास बैंकले नोपलको आर्थिक बृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरको थिए ।

तथ्याकं विभागले नेपालको अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब रुपैयाँ पुगेको जनाएको छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ प्रतिशत, उद्योगको १४ प्रतिशत र सेवा क्षेत्रको ५८ प्रतिशत हुने विभागको अनुमान छ ।

तपाईंको बिचार