Thursday, April 18, 2019

आजदेखि पाँच सय रुपैयाँका नयाँ नोट

प्रकाशित मिति: 2018/04/25

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैशाख १२ गते देखि पाँच सयको नोटमा केहि परिवर्तन गरेर चलनचल्तिमा ल्याएको छ । पुराना नोटमा भएको दुई बाघलाई परिवर्तन गरि नयाँ नोटमा एउटा मात्र पाटे बाघको चित्र राखिएको राष्ट्र बैंकले जनाएको छ । 

नयाँ चलनचल्तीमा आउने नोट ङ ४६०००००१ नम्बर देखि छ ४०९९९९९९ सम्मको नम्बर रहने बैंकले जनाएको छ । बैंकले नोटको बायाँतर्फ सगरमाथा हिमाल, दायाँ लालीगुराँसको पानी छाप, तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत बोर्डरमा सिरिएल नम्बर, ३.५ मि.मी चौडा भएको रंग परिवर्तन हुने र कुबेरको चित्र भएको र फरक क्षमता भएका (दृष्टिबिहीनहरु)ले पनि छामेर पत्ता लगाउन सक्ने खालको हुने जानकारी गराएको छ ।

नोटको पछाडिको भागमा अंगे्रजीमा नेपाल राष्ट्र बैंकलेखिएको, तल्लो भागमा रुपिज फाइभ हन्डे«ड र अंग्रेजिमा २०१६ एडि लेखिएको हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

तपाईंको बिचार