Tuesday, October 22, 2019

अवकाशपछिको समय स्वोरोजगारी र उद्यमशीलतामा लगाउन अर्थमन्त्रीको आग्रह

प्रकाशित मिति: 2018/05/02

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आगामी आर्थिक बर्षको बजेटमा स्वरोजगारी र उद्यमशीलताका यथेष्ट कार्यक्रम ल्याउने खुलासा गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक गाभिई एकीकृत कारोबारको शुभारम्भको अवसरमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले अवकाश प्राप्त कर्मचारीहरुलाई उक्त कार्यक्रममा आवद्ध हुन आग्रह  गरे ।

 
३० वर्षे सेवा अवधिपछि अवकाश लिने क्रममा रहेका विभिन्न संस्थाका कर्मचारीलाई लक्षित गर्दै खतिवडाले कर्मचारी जीवनबाट अवकाशपछिको समय स्वोरोजगारी र उद्यमशीलताको क्षेत्रमा लगाउन आग्रह गरे । तपाईहरुले आफ्नो कार्यकाल पुरा गर्नु भएको छ । हाँसीखुसी घर जानुस् यसमा कुनै अन्यथा नलिनुस् । तपाईको नीजि जिवन अझै व्यवसायिक बनोस्, ३० बर्षे सेवापछिको पेन्सन,उपदानको रकम उपयोग गर्नुहोस् । बाहिर बसेर समाजको सेवा गर्नुहोस् । उत्पादनका काममा आफ्ना अनुभव लगाउनुहोस् । लघुउद्यम खोल्नुहोस्, दुई तीन जनालाई रोजगारी दिनुहोस् सके १०÷२० जनालाई दिनुहोस् । सक्रिय क्रियाशिल र उत्पादनशील जिवनको सन्दर्भमा सोच्नुहोस् । यो निवृत जीवन झन सुखि हुन्छ, उनले भने ।

अवकाशमा जाने साथीले धेरै रोइकराई नगरेर अब हामीले उत्कृष्ट सेवा दियौं यसको अनुभव र केही बचत लिएर जाँदैछौ । व्यवसाय गर्ने वातावरण चाहियो भन्नुहोस्, सरकारले गर्नुपर्ने सबै कुरा हामी गरिदिन्छौ । अर्थमन्त्री खतिवडाले भने । सरकारको नीतिले आउने परिवर्तनलाई स्वीकार गर्नुहोस् । त्यो भन्दा अगाडि विद्यमानमा जे छ त्यसैमा उत्साहित भएर आफ्नो काम गर्नुहोस् । 

तपाईंको बिचार