Wednesday, February 20, 2019

माथिल्लो तामाकोशीको एजीएम जेठ १४ मा

प्रकाशित मिति: 2018/05/07

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरको दशौं वार्षिक साधारण सभा जेठ १४ गते हुने भएको छ । सभामा कम्पनीले आयोजना प्रभावित क्षेत्र (दोलखा जिल्ला) का विभिन्न सामाजिक संस्थालगायत अन्य संस्थाहरुलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने प्रस्ताव पेश गर्दैछ ।
 
आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । साधारण सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
 
 
स्थानीयको आन्दोलन लगायतका कारण देखाउँदै आइपीओ जारी गर्ने मिति बारम्बार पर सारिंदै आएको हो । यसर्थ, दोलखा जिल्लामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ खुल्न अझै केही समय पर्खिनुपर्ने भएको छ ।
 
धितोपत्र बोर्डलाई कम्पनीको अडिट रिपोर्टलगायत अन्य आवश्यक विवरण पेश गर्न ढिलाई भएकाले वैशाखमा आइपीओ बिक्री खुला गर्न नसकिएको कम्पनीको भनाई छ ।  
 
माथिल्लो तामाकोशीको आयोजना प्रभावित दोलखाबासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँको २ करोड ६४ लाख ७५ हजार कित्ता आइपीओ आउन लागेको हो । जसमा स्थानीय दोलखाबासीलाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर दिइने छ ।

तपाईंको बिचार