Wednesday, August 21, 2019

निजी क्षेत्रका कम्पनी अब पूँजी बजारको दायरामा : अर्थमन्त्री

प्रकाशित मिति: 2018/05/09

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्बौं नाफा कमाउने निजी क्षेत्रका कम्पनी अब पूँजी बजारको दायरा बाहिर रहन नसन्ने  बताएका छन् । नेपालमा पहिलो पटक आयोजना गरिएको पूँजी बजार प्रदर्शनीको उद्घाटन गर्दे अर्थमन्त्री खतिवडाले अब पूँजी बजारमा आउने कम्पनीहरुको विविधिकरण आवश्यक रहेको बताए ।

 अर्थमन्त्री खतिवडाले आफु नेपाल राष्ट्र बैंकको कर्मचारी हुँदाखेरी नै पूँजीबजार बारे दर्जनौ अनुसन्धान गरिसकेको बताउँदै पछिल्लो समयमा फड्को मारेको उल्लेख गरे । तर पूँजी बजारमा एकै प्रकारका बैंक तथा वित्तीय संस्थाहरु मात्र रहेको भन्दै उनले उत्पादन तथा सेवासँग सम्बन्धीत कम्पनीहरुलाई पूँजी बजारमा भित्र्याउनु पर्नेमा जोड दिए ।

 ५० करोड नाफा कमाउने कम्पनी पनि निजी क्षेत्रमै छन् । एक करोड पूँजी भएको लघुवित्त धितोपत्र बजारमा हुने, ५० करोड नाफा कमाउने कम्पनी बाहिर हुने अवस्थाले धितोपत्र बजार कहिले पनि स्थापित हुँदैन, कहिले पनि सफल हुँदैन र कहिले पनि जोखिम रहित हुँदैन । अर्थमन्त्री खतिवडाले भने ।  

बैंकिङ्ग प्रणालीमा अलिकति तलमाथि हुँदा नियमनकारी निकाय चनाखो भयो भने संकट आउन दिदैन । त्यस्तै वित्तीय क्षेत्र बाहिरका कम्पनीहरु पारर्दर्शी भइदिने हो र आफ्नो वासलातले धान्नेगरी कारोबार गर्ने हो । त्यस्ता कम्पनीहरु धितोपत्र बजारमा आइदिने हो पक्कै लगानीकर्ताले लगानी गर्ने छन र म लगानी गर्न पनि आह्वान गर्दछु । अर्थमन्त्रीले भने ।

कुनै एक क्षेत्रमा गरेको लगानीले जोखिम न्यूनिकरण गर्दैन । कुनै एक क्षेत्रमा आउने धक्काले सम्पूर्ण पूँजी बजारमा समस्या नपरोस भनेर संस्थाको विविधिकरण गर्ने हो ।

तपाईंको बिचार