Tuesday, June 18, 2019

विदेश जाने घटेपछि रेमिट्यान्ट पनि घट्यो

प्रकाशित मिति: 2018/05/18

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा पनि गिरावट देखिन थालेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको नौ महिना अवधिको देशको आर्थिक अबस्था सम्बन्धी प्रतिबेदनमा विप्रषेण आप्रबाह बृद्धि दर घटेको उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिने अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले मात्र वृद्धि भई २०७४ चैतसम्ममा पाँच खर्ब ४० अर्ब ३८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६।३ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आय भने रु।६२१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.९ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.२ प्रतिशतले घटेको थियो ।

तपाईंको बिचार