Saturday, February 16, 2019

नेपाली र जापानबिच विपद् व्यवस्थापनका लागि अनुदान सहायतमा हस्ताक्षर

प्रकाशित मिति: 2018/05/18

काठमाडौं । जापानले नेपालको विपद् व्यवस्थापनका लागि ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराएको छ ।

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मसाशी ओगावाले नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको भूकम्पपछिको पुनर्निर्माण, बाढी र पहिरोलगायत विपद् व्यवस्थापनमा खर्च गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदूत ओगावाले नेपालको विपद् व्यवस्थापनका जापान सरकार आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए ।

जापानले नेपालको आर्थिक तथा सामाजिक विकास कार्यक्रमका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ । अर्थ सचिव खनालले नेपालको आर्थिक विकासमा जापानले उल्लेख्य योगदान दिँदै आएको स्मरण गराए ।

तपाईंको बिचार