Tuesday, March 28, 2017  |    

दोस्रो इन्टरप्रेनर्स बुट क्याम्प हुने, ३० जना युवा छनौट गर्ने, देशभरबाट आवेदन

प्रकाशित मिति: 2015/08/15

काठमाडौं । दोस्रो इन्टरप्रेनर्स बुट क्याम्पका लागि आवेदन खुल्ला गरिएको छ । नेपाली युवा उद्यमी मञ्चले इन्टरप्रेनर्स बुट क्याम्पका लागि आवेदन खुल्ला गरेको हो ।
 
मञ्चले दिएको जानकारी अनुसार आगामी असोज ४ देखि ६ गतेसम्म बुट क्याम्प आयोजना गरिने छ । गत वर्षपनि मञ्चले बुट क्याम्प आयोजना गरेको थियो । नेपालका लागि अमेरिकी दूतावासको सहकार्यमा बुट क्याट आयोजना गर्न लागिएको हो ।
बुट क्याम्पमा सहभागि हुन देशभरीबाटै युवाहरुले आवेदन दिन सक्छन् । आवेदन दिने मध्येबाट ३० जनालाई बुट क्याम्पका लागि छनौंट गरिने छ । छनौंट भएका युवालाई उनीहरुको व्यावसायिक सोच अनुसार विभिन्न विषयमा तालिम दिने जानकारी मञ्चले दिएको छ ।
 
पहिलो बुट क्याम्प भव्यरुपमा सफलभएको दावी मञ्चले गरेको छ । फरक पृष्ठभूमिबाट आएका करिव ३० जना यूवा बुट क्याम्पमा सहभागि भएका थिए । सहभागि मध्ये धेरै जसो राजधानीबाहिरबाट आएका थिए । उनीले आफ्नो कार्यशैली र सोंचमा परिवर्तन गरेको जानकारी मञ्चले दिएको छ । पहिलो बुट क्याम्पको  विजेताहरुले दुई हप्ते बन्द प्रशिक्षण कार्यक्रममा समेत सहभागिता जनाए । सहभागीहरु मध्ये अधिकांशले आफ्नो व्यवसाय शुरु गरिसकेका छन् भने कतिले व्यवसायथाल्ने क्रममा रहेको जानकारी पनि मञ्चले दिएको छ ।
 तीन दिनसम्म आवासीय बुट क्याम्पमा तयार पारिएको व्यावसायिक योजनालाई स्वतन्त्र निर्णायक मण्डलमा प्रस्तुत गर्ने र छनौट भएका उत्कृष्ट योजना बनाउने सहभागीलाई एक लाख रुपैयाँ पुरस्कार दिने कार्यक्रम छ । यो कार्यक्रमले ३० जना यूवालाई उद्यमी बन्न पे्ररित गर्ने र उद्यम सुरु गर्न सहयोग पुर्‍याउने छ ।
 
बुट क्याम्प इन्टरपे्रनरसीपका संयोजक अजय श्रेष्ठले उद्यमशीलता मार्फत वजारमा रहेका विद्यमान समस्या समाधान गर्न चाहने यूवाको लागि नै यो क्याम्प संचालन गरिएको बताए । ‘हामी क्याम्पमार्फत उनीहरुको सोंच, विचार र योजनालाई अझ बढी परिष्कृत बनाउन मद्दत गर्नेछौं, उनले भने ।

तपाईंको बिचार