Tuesday, September 17, 2019

सरकार र लगानीकर्ताको वार्तापछि खुल्यो सेयर कारोबार

प्रकाशित मिति: 2018/06/06

काठमाडौं । सरकारले बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पूँजीगत लाभकर गणना गर्ने निर्णय गरेपछि शेयर लगानीकर्ताले आन्दोलन फिर्ता लिएर शेयर कारोबारमा सहभागी भएका छन् । लगानीकर्ता र अर्थमन्त्रालयबीच बुधबार भएको वार्तामा तत्कालका लागि पुरानै विधिबाट लाभकर गणना गरिने सहमति भएको छ ।

एक सहभागीका अनुसार राजश्व विभागले गत जेठ १८ गते काटेको पत्र फिर्ता लिने भएपछि हामी कारोबार खोल्ने सहमतिमा पुगेका हौ । यसका साथै हाम्रो आन्दोलनको माग पुरा भएको छ र हामीले आन्दोलन स्थिगत गरेका छौ । उनले भने ।

अर्थमन्त्रालयले लाभकरको बिषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन नआएसम्म पुरानै विधिबाट लाभकर गणना गर्ने व्यवस्था गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन समेत दिईसकेको छ । त्यस्तै आन्तरिक राजस्व विभागले पनि धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङलाई पुरानै विधिबाट लाभकर गणना गर्न भनेको छ ।

विभागले जेठ १८ गते बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनको विरुद्ध लगानीकर्ता तीनदिन देखि शेयर कारोबारा रोकेर आन्दोलनमा उत्रिएका थिए ।

यसअघि निरन्तर घट्दै आएको सेयर बजार बोनस र हकप्रदमा बढाइएको पूँजीगत लाभकर गणना तत्कालका लागि फिर्ता भएसँगै बढ्न थालेको छ ।

तपाईंको बिचार