Tuesday, October 22, 2019

नेपाल बैंकले असार १५ देखि एफपीओ बिक्री हुने

प्रकाशित मिति: 2018/06/21

काठमाडौं । नेपाल बैंकले एक करोड ७६ लाख कित्ता थप नयाँ साधारण शेयर अर्थात एफपीओ असार १५ गतेदेखि बिक्री गर्ने भएको छ । यसमा सुरुमै संथागत लगानीकर्तालाई सबै कित्ता शेयरमा आबेदन गर्न पाउने गरी बिक्री खुल्ला गरिने भएको हो । 

कम्पनीले सर्बसाधारणको हिस्सा ३८ प्रतिशतबाट ४९ प्रतिशत पुर्याउन र सरकारको स्वामित्व ५१ प्रतिशतमा झार्न एफपीओ बिक्री गर्न खोजेको हो । उसको शेयरमा प्रतिकित्ता २८० रुपैयाँका दरले न्युनतम ५० र बढीमा एक करोड ७६ लाख ४८ हजार ८ सय ५८ कित्तासम्मको सिमामा आबेदन गर्न पाईने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

एनएमबी बैंकले हाल बिक्रीमा राखेको एक करोड १४ लाख कित्ता कित्ता एफपीओ किन्ने लगानीकर्ताको अभाव भएर संस्थागत लगानीकर्तालाई हार गुहार गर्नु परिरहेको बेला नेपाल बैंकले पनि एफपीओ बिक्रीमा ल्याएको हो ।

नेपाल बैंकले प्रकाशित गरेको आब्हान पत्रमा उसले हालको चुक्ता पूँजी आठ अर्ब चार करोडबाट एफपीओ बिक्रीपछि नौ अर्ब ८१ करोड पुग्नेछ भने आगामी तीन बर्षसम्म कुनै प्रकारले पूँजी नबढाउने कुरा उल्लेख गरेको छ । एफपीओबाट आर्जित प्रिमियम तीन अर्ब १५ करोड समेत गरी उसको जगेडा कोष भने यस आर्थिक बर्षको अन्त्यमा नौ अर्ब ७६ करोड हुने र तीन बर्षपछि १६ अर्ब ७८ करोड हुने प्रक्षेपण गरिएको छ । हाल १८ प्रतिशत रहेको पूँजी कोष एफपीओपछि धेरै बढ्नेछ । कम्पनीले यसअघि पत्रकार सम्मेलन गरी एफपीओबाट आर्जित प्रिमियमबाट ३२ प्रतिशत बोनस शेयर बितरण गर्नसक्ने क्षमताको बिकास हुने र नियमति आम्दानीबाट नगद लाभांश दिन सकिने जनाएको थियो ।

तपाईंको बिचार