Saturday, February 16, 2019

मेरोसेयरको नक्कली मोबाइल एप डाउनलोड नगर्न आग्रह

प्रकाशित मिति: 2018/07/03

काठमाडौं । केन्द्रिय निक्षेप प्रणालीले विकास गरेको सेयर सम्बन्धि अनलाइन सफ्टवेयर मेरो सेयरको अहिलेसम्म मोबाइल एप निर्माण भएको छैन । गुगल प्लेमा मेरोसेयरको एप लञ्च भएर धमाधम लगानीकर्ताहरुले एप इन्स्टल गरिरहेको देखिएको छ । यो एप फेक हो । यस्तो एप इन्स्टल नगर्न सिडिएससीले लगानीकर्तालाई आग्रह गरेको छ ।

 गुगल प्लेमा अहिलेसम्म यो एप १ हजारभन्दा बढी डाउनलोड भएको देखिन्छ । गुगल प्लेमा मेरोसेयरको नक्कली एप अपलोड भएको देखिन्छ । यदि सिडिएससीले यो एप बनाएको हुन्थ्यो भने एप निर्मातामा सिडिएससीको नाम, ठेगाना, सम्पर्क उल्लेख हुन्थ्यो, जुन कुरा मोबाइल एपमा कतै छैन ।

यसरी लगानीकर्ताको सेयरसम्बन्धि जानकारी चुहावट गर्ने उद्धेश्यले निर्माण गरिएको एपको डिजाइन सिडिएससीको मेरोसेयरसँग मिल्दो देखिन्छ । तपाईले यो एप इन्स्टल गरेर आफ्नो विबरण भर्दै हुनुहुन्छ भने तपाईको सेयरको सबै जानकारी कोही व्यक्तिले चोरी गरिरहेको छ भन्ने कुरामा ढुक्क हुनुहोस् ।

सिडिएससीले अहिलेसम्म कुनै लगानीकर्ताको सेयरको सूचना उक्त एपबाट चोरी  नभएको भन्दै लगानीकर्तालाई सचेत हुन आग्रह समेत गरेको छ । उसले सिडिएससीको आधिकारिक वेबसाइटबाट मात्र मेरोसेयर प्रयोग गर्न पनि लगानीकर्तालाई आग्रह गरेको छ ।

तपाईंको बिचार