Monday, June 24, 2019

शेयर बजार दोहोरो अंकले बढ्यो

प्रकाशित मिति: 2018/07/23

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२।८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।४६ बिन्दुले बढेर २५१।३२ बिन्दुमा पुगेको छ । 

आज कूल १५७ कम्पनीको छ लाख ५८ हजार २९२ कित्ता शेयर रु. १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक बढे पनि कारोवार रकममा कमी आएको छ । आइतबार रु. २१ करोड १२ लाख १३ हजार ८२८ मूल्यमा खरिद बिक्री भएको थियो । 

स्टकका अनुसार बैंकिङ ८।०६, होटल शून्य, विकास बैंक १५।८८, जलविद्युत् १९।०१, वित्त १।८, निर्जीवन बीमा १३३।५१, उत्पादन १०।९१, अन्य ९।६३, माइक्रोफाइनान्स ३५।४५ र बीमा ५४।८६ बिन्दुले बढेको छ । 

तपाईंको बिचार