Tuesday, August 22, 2017

औषधिको अधिकतम मूल्य तोकेको निर्णय फिर्ता लिन माग, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा

प्रकाशित मिति: 2015/08/19

काठमाडौं, भदौ १ । नेपाल औषधि उत्पादक संघले औषधिको अधिकतम मूल्य तोकेको निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

व्यवसायीहरुको सहमति बिना एकलौटी ढंगबाट औषधिको एमआरपी तोकिएको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो ।

संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल राजपत्रमा प्रकाशित गरिएको सूचना कार्यान्वयन नगर्न औषधि उत्पादकहरुलाई निर्देशन पनि दिएको छ ।

संघका अध्यक्ष उमेशलाल श्रेष्ठले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र सर्वोच्चको अदालतको अन्तिम निर्णय नआउँदासम्म सरकारले तोकेको मूल्य कार्यान्वयन नहुने बताए ।

सरकारले साउन १८ गते ९६ ओटा औषधिको अधिकतम मूल्य तोेकी राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरीभक्त शर्माले विदेशी औषधिको तुलनामा नेपाली औषधिको मूल्य कम रहेको भन्दै सरकारको निर्णय नेपाली औषधि कम्पनीलाई धरासायी पार्ने खालको भएको जिकिर गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निर्णय पुनरावलोकन गर्न सरकारलाई आग्रह गरे ।

तपाईंको बिचार