Thursday, June 27, 2019

१९ अर्ब ३२ करोड राजस्व घरजग्गा कारोबारबाट उठ्यो

प्रकाशित मिति: 2018/07/31

काठमाडौं । सरकारले गएको आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेसन पासबाट १९ अर्ब ३२ करोड राजस्व संकलन गरेको छ । सरकारले गएको आवका संकलन गरेको राजस्व लक्ष्यको तुलनामा करिब पाँच प्रतिशतले बढी हो । सरकारले २०७४/७५ मा १८ अर्ब ४१ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । अघिल्लो आवमा सरकारले घरजग्गा रजिष्ट्रेसनबाट १९ खर्ब ३१ अर्ब राजस्व संकलन गरेको थियो ।

गएको आवमा घरजग्गा रजिष्ट्रेसनबाट सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गरे पनि अब भने सो शीर्षकबाट उठ्ने राजस्वमा कमी आउने देखिएको छ । चालू आवको बजेटमार्फत् सरकारले घरजग्गा कारोबारमा संस्थागत कम्पनी चाहिने र १० लाख रुपैयाँसम्मको पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ । पुँजीगत लाभकर ३० लाखबाट झारेर १० लाख रुपैयाँमा लिने घोषणा गरिएको छ । यो व्यवस्थाले घरजग्गाको मूल्यसमेत बढ्ने भएकाले राजस्वको दायरा भने विस्तार हुनेछ । १० लाखमै किनेको जग्गा अब बेच्दा लाभकर तिर्नुपर्छ । त्यो लाभकर जग्गा बेच्ने व्यक्तिले खरिदकर्ताबाटै लिनुपर्ने भएकाले जग्गाको मूल्य बढाउनुको विकल्प छैन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा जग्गाको किनबेच सरकारबाट अनुमति लिएका संस्थाले मात्रै गर्न पाउने घोषणा गरेका छन् । सो व्यवस्थाले त्यसै त बैंकबाट कर्जा नपाएर थलिएको घरजग्गा कारोबार अब अझ मन्दी आउने देखिएको छ । यसले अझ मन्दी ल्याउने सम्बन्ध क्षेत्रका व्यवसायीले बताएका छन् ।

घरजग्गा खरिद बिक्रीलाई व्यवस्थित र पारदर्शी बनाउन कम्पनीमार्फत् कारोबार गराउन खोजिएको बताउँदै राजस्व सचिव शिशिरकुमार ढुंगानाले यसले घरजग्गाबाट आउने राजस्वमा अझ वृद्धि हुने बताए । बजेटले ल्याएको व्यवस्थाले बैनामाथि बैना लगाएर कमाउनेलाई भने असर पर्ने देखिएको छ । सरकारले गरेको व्यवस्थाले यसमा भने असर पर्ने देखिएको छ ।

राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि सम्बन्धी अध्ययनले गत आवमा देशभरिनै घरजग्गाको कारोबार घटेको देखाएको छ । स्थानीय तहमा नै सरकार गठन भएर सहरमा पाउने सुविधा गाउँमै पाउन थालेपछि घरजग्गाको कारोबार घटेको नेपाल राष्ट्र बैंक भनाइ छ । ‘सरकारी सेवा सुविधा स्थानीयस्तरमै प्रवाह हुन थालेपछि ग्रामीण इलाकामा मानिसहरू सहरी क्षेत्रमा आउने क्रम रोकिएको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्र बैंकले घरजग्गा कारोबारमा गरेको कडाइ र व्रिपेषण आप्रवाहमा आएको कमीका कारण कारोबारमा मन्दी आएको उल्लेख गरेको छ ।’ यसको असर घरजग्गा कारोबार र राजस्वमा पर्ने हो ।

तपाईंको बिचार