Wednesday, May 24, 2017  |    

भूकम्पको क्षतिको आधा सर्भे हुन बाँकी

प्रकाशित मिति: 2015/08/20

गत बैशाख १२ गते गएको विनासकारी भूकम्प तथा त्यसपछिका परकम्पनका कारण क्षतिग्रस्त संरचनाहरुमध्ये आधाको पनि सर्भे भएको छैन । बिमा समितिलाई हालसम्म १६ हजार ७ सय २३ दाबी निवेदन परेमध्ये ८ हजार १ सय २९ दाबीको मात्र सर्भे भएको छ ।
सर्भे नहुँदा ५० प्रतिशत दाबीको भुक्तानी नभएको बिमा संघले जनाएको छ । सर्भे रिपोर्ट नआएकाले ठूला भौतिक संरचनाको दाबी भुक्तानी हुन नसकेको संघले बताएको छ । 
भूकम्पले अहिलेसम्म झण्डै १८ अर्ब रुपैयाँको क्षति भएको दाबीसहित भुक्तानीका लागि बिमा कम्पनीमा निवेदन परेका छन् । त्यसमध्ये साउन मसान्तसम्म २ अर्ब ९८ करोड रुपैयाँमात्र भुक्तानी भएको बिमा समितिले स्पस्ट पारेको छ ।  जुन कुल दाबी रकमको १६.५४ प्रतिशत मात्र हा । 
भूकम्पबाट क्षति भएका ठूला आयोजनामा ऋण लगानी गरेका बैंक, वित्तीय संस्था र विमा संघबीच विवाद देखिएकाले पनि दाबी गरिएको रकम भुक्तानी हुन नसकेको हो । बिमितले आवश्यक कागजात ल्याउन नसकेका कारणले सर्भे गर्न र बिमा कम्पनीले दाबी भुक्तानी गर्न नसकेका कारण पनि भुत्तानीमा समस्या देखिएको छ । 
आवश्यक उपकरण नहुनु पनि सर्भे गर्न समस्या भएको बिमा कम्पनीले बताएका छन् । व्यक्तिगत घर, होटल, अपार्टमेन्ट, जलविद्युत कम्पनी लगायतबाट बढी दाबी परेको बिमा कम्पनीको  बताउँछ । 

 

तपाईंको बिचार