Wednesday, February 20, 2019

तरलता व्यवस्थापनको योजना सात दिनभित्र बुझाउन अर्थ समितिको निर्देशन

प्रकाशित मिति: 2018/08/21

काठमाडौं ।  अर्थ समितिले तरलता व्यवस्थापनको योजना ७ दिनभित्र बुझाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या आउन नदिन राष्ट्र बैंकसँग योजना मागेको हो ।

समितिको बैठकले बैंक तथा वित्तीय संस्थाको आँकडा, बैंकहरुबाट भएको लगानीको क्षेत्रगत अवस्था, निक्षेप र कर्जाको स्थिति, नाफाको विवरण, कर्जा र निक्षेपको औसत अवधि, मर्जरको प्रभाव र दीर्घकालीन पूँजीको विवरण तथा संघ, प्रदेश र स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्थाको अवस्था बारेको तथ्याङ्क समेत माग गरेको माग गरेको छ ।

बैठकमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल समेत सहभागी रहेका थिए ।

पछिल्ला दुई वर्ष लगातार वित्तीय प्रणालीमा लगानीयोग्य रकमकको अभाव भएकोप्रति ध्यानकर्षण गराउँदै समितिले राष्ट्र बैंकका गभर्नर डा. नेपाललाई समस्या समाधानको योजना पेश गर्न निर्देशन दिएको हो । साथै समितले बैंकहरुले ऋणमा लिने र बचतमा दिने ब्याजदरको अधिकतम सीमा पनि समितिमा बुझाउन भनेको छ ।

त्यस्तै सबै स्थानीय तहमा कहिलेसम्म बैंक र्पुयाउने भन्ने योजना पनि समितिले माग गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा ४० अर्ब बढी अधिक तरलता रहेको छ ।

तपाईंको बिचार