Wednesday, August 21, 2019

तीन अङ्कले घट्यो शेयर बजार

प्रकाशित मिति: 2018/08/26

काठमाडौँ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।७८ विन्दुले घटेर एक हजार १७५/७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।५७ विन्दुले घटेर २४८।४२ विन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद बिक्री भएका छन् । 

उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर आज ओरालो लागेको हो । उत्पादन समूहको शेयर १४।१७ विन्दुले बढेको छ । बैंकिङ १।०३, होटल ०।०४, विकास बैंक ११।५, जलविद्युत् २।०६, वित्त १।६१, निर्जीवन बीमा ४२।४८, अन्य २।७, माइक्रोफाइनान्स १२।६२ र जीवन बीमा १।८८ बिन्दुले घटेको छ । 

स्टककाअनुसार घटेको बजारमा ङादी समूहका शेयर लगानीकर्ताले चार प्रतिशत कमाएका छन् भने बैंक अफ काठमाडौँका शेयर लगानीकर्ताले तीन प्रतिशत कमाएका छन् । 

यस्तै कर्णाली विकास बैंक, आइएमई जनरल इस्योरेन्स, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । 

तपाईंको बिचार