Monday, June 24, 2019

फेरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

प्रकाशित मिति: 2018/09/18

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि नेपाली बजारमा इन्धनको मूल्यबृद्धि गर्नु परेको नेपाल आयल निगमले जनाएको छ ।

निगमले सोमबार रातिदेखि नै लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मटीतेलको मूल्य ३–३ रुपैयाँ बढाएको निगमका निमित्त कार्यकारी निर्देशन सुशील भट्टराईले बताएका छन् ।

मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ र डिजल तथा मटीतेलको मूल्य १०१ रुपैयाँ पुगेको छ । ग्याँस र हवाई इन्धनको मूल्य भने बढाइएको छैन ।

स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्यमा समायोजन गरिएको आयल निगमले जनाएको छ । समायोजित मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा बृद्धि भएको हो ।

निगमले २० भदौमा मात्रै इन्धनको मूल्यमा भारी बृद्धि गरेको थियो । आइतबार भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको मूल्य अनुसार १ अर्ब ३ करोड मूल्य घाटा हुने देखिएकाले इन्धनको मूल्यबृद्धि गरिएको भट्टराईले बताएका छन् ।

पूरानो मूल्य अनुसार आयल निगमलाई पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजेलमा ५ रुपैयाँ १२ पैसा नोक्सान हुने उनको भनाइ छ । भट्टराईका अनुसार मूल्य बढाएपछि पनि निगमलाई मासिक नोक्सान ५० करोड भन्दा धेरै छ ।

तपाईंको बिचार