Tuesday, October 22, 2019

चालु आर्थिक वर्षको दुई महिनामा व्यापार घाटा १ खर्ब १३ अर्बबाट बढेर दुई खर्ब १७ अर्ब पुग्यो

प्रकाशित मिति: 2018/09/30

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा मुलुकको व्यापार घाटा बढेर दुई खर्ब १७ अर्ब पुगेको छ । अमेरिक डलरको मूल्य निरन्तर वृद्धि र नेपालले सबैभन्दा बढी आयात गर्न पेट्रोलियम पदार्थको मूल्य र परिणाम बढ्दा व्यापार असन्तुलन बढ्दै गएको हो । अघिल्लो महिना एक खर्ब १३ अर्ब रहेकोमा पुन अर्को महिना एक खर्ब चार अर्ब थपिएको हो ।

नेपालले व्यापार गर्ने १ सय २५ राष्ट्रमध्ये करिब एक सय राष्ट्रसँग व्यापार घाटामा रहेकोमा भारतसँगको असन्तुलन बढी देखिएको छ । तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा नेपाली बस्तुको निर्यात जम्मा आठ अर्ब ३२ करोड रुपैयाँ पुग्दा भारतबाट एक खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ आयात भएको छ ।

नेपालको कुल दुई खर्ब ४७ अर्बको व्यापारमा भारतसँग मात्रै एक खर्ब ५४ अर्ब रुपैयाँ अर्थात ६२ प्रतिशत व्यापार छ । यता, अमेरिकासँग भने नाफामा छ । नेपालले धेरै व्यापार गर्ने राष्ट्रमध्ये अमेरिका १६औँमा देखिएकोे छ। दुई महिनाको अबधिमा नेपालबाट अमेरिका अर्बौको सामान गएको छ भने अमेरिकाबाट एक अर्बको आयात भएको छ ।

तपाईंको बिचार