Wednesday, August 21, 2019

केन्द्रीय विलिङ प्रणालीमा पाँचतारे होटलको कारोबार

प्रकाशित मिति: 2018/10/02

आन्तरिक राजस्व विभागले पाँचतारे होटलहरूको कारोबारलाई केन्द्रीय विजक अनुगमन प्रणलाी(सिबिएम)सँग जोडेको छ।
करदाताको कारोबारलाई रियलटाइम अनुमगन गर्ने लक्ष्यसहित यो डिपार्टमेन्ट स्टोरबाट सुरू गरेको विभागले अहिले पाँचतारे होटललाई पनि जोडेको छ।
३५ करोड बढी कारोबार गर्ने सबे करदातालाई यो प्रणालीमा जोड्दै जाने लक्ष्य लिएको विभागले यो वर्षका लागि कम्तीमा एकसय करदाता जोड्ने कार्यक्रम बनाएको छ।
आर्थिक वर्षको पहिलो महिनामै डिपार्टमेन्टल स्टोरका कारोबार यो प्रणालीमा जोडिएका थिए। अहिले होटल हुँदै गाडीको कारोबार गर्ने र ट्राभल कम्पनी जोड्दै जाने कार्यक्रम रहेको विभागका प्रवक्ता यज्ञ ढुंगेलले जानकारी दिए।
करदाताको वास्तविक कारोबार वास्तविक समयमा थाहा पाइ सही कर निर्धारण गर्ने उद्देश्यबाट सुरू गरिएको यो कार्यक्रममा अहिलेसम्म करिब ५८ बढी करदाता जोडिएका ढुंगेलले जानकारी दिए।
यसको लागि विभागले पहिले कम्प्युटर विलिङ प्रणाली अनिवार्य गर्छ। त्यसरी जडान भएको विलिङ प्रणालीलाई विभागले आफ्नो सिविएमसँग आबद्ध गराउँछ। जहाँबाट करदाताको वास्तविक कारोबार विभागले थाहा पाउँछ।
‘करदाताहरूले बिलिङ गरेकै समयमा हाम्रो सिस्टममा रिपोर्टिङ हुन्छ रियल टाइम विलिङ हुने भएकोले करदाताको सूचना हाम्रो रियल टाइम बेसिसमा आउँछ’ ढुंगलले सेतोपाटीसँग भने।
यसबाट करदाता र सरकार दुबैलाई फाइदा हुने ढुंगेलको भनाइ छ।
करदाताको वास्तविक कारोबार विभागले थाहा पाउने भएकोले सरकारलाई कर निर्धारण र संकलनमा कुनै अप्ठ्यारो हुँदैन भने करदाताको कारोबार पारदर्शी भएकोले प्रशासनसँग कुनै पनि उल्झनमा पर्न पर्दैन।
विभागले ३५ वर्षमा ३५ करोडमाथि कारोबार गर्ने सबै करदाताको लागि अनिवार्य कम्प्युटर विलिङ प्रणाली लागू गर्ने भएको छ। यसपछि विस्तार सेक्टरअनुसार सिबिएममा जोड्दै जाने कार्यक्रम रहेको ढुंगेलले जानकारी दिए।
क्रमशः साना खुद्रा पसलसम्मको कारोबारलाई रियल टाइममा ल्याउने दीर्घकालीन लक्ष्य लिएको विभागले अहिले भने होटलसम्म पुगेको छ।
हाल ३५ करोड बढी कारोबार गर्ने करदाता १६ सय रहेका छन्। यो संख्य बढ्दै जाने ढुंगेलले बताए।
बजारको कारोबारलाई प्रत्यक्ष निगरानी गर्ने दुइटा प्रणाली रहेका छन्। कर प्रशासन र करदाताको सफ्टवेरलाई जोडेर गरिने निगरानी एउटा हो। जुन आन्तरिक राजस्व विभागले सुरू गरेको छ।
अर्को पोइन्ट अफ सेल्स(पिओएस) मेसिनहरू हरेक पसलमा राख्ने र त्यसको कनेक्सन करदाता कार्यालयमा गर्ने र करदाता कार्यालयले प्रमाणित गरेको पिओएसबाट विलिङ गर्ने प्रणाली रहेका छन्।

तपाईंको बिचार