Wednesday, February 20, 2019

फेसबुकले चम्कायो ब्यापार,यसरी रहयो नाम

प्रकाशित मिति: 2018/10/03

बेनी । अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छिन् ।
 लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार ।
 बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन् ।
 दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि उनले पछिल्लो तीन महीनादेखि आफैँले अरिङ्गालको व्यापार गर्दै आएकी हुन् । उनलाई यो व्यवसायमा सल्लाह दिने महिला उद्यमी पुष्पा पुन हुन ।
 म्याग्दी विमका रिमबहादुर र खिमबहादुर गौतम भाइले पोेलेर ल्याउने अरिङ्गाल सिर्जनाले मानाको रु एक हजार ५०० मा खरीद गर्दै आएकी छिन् ।
शुरुमा त रु दुई हजारसम्म तिरेर अरिङ्गाल खरीद गरिएकामा अनुकूल याममा भने रु एक हजार ५०० सय मानामा पाउने गरेको उनी बताउँछिन् ।
सिर्जनाले ग्राहकलाई अरिङ्गाल तारेर लसुन प्याज राखी प्रतिप्लेट रू ५०० बेच्छिन्। अहिले यसैको व्यापारमा भ्याइनभ्याइ भएको उनकोे भनाइ छ ।
 होटलमा अरिङ्गाल खाने कसरी आइपुगे त ग्राहक रु भनी सोध्दा उनी भन्छिन् । “यो सब फेसबुकको कमाल हो । मैले फेसबुकमार्फत नै यसको प्रचार गरे । त्यहीबाट यसको व्यापार बढ्न थाल्यो ।”
 सिर्जना भन्छिन् शुरुमा मैले ‘अरिङ्गाल राखेर खाने हो रु’ भन्ने स्टाटस राखे, त्यसपछि ‘अरिङ्गालको नयाँ व्यावसाय’ भन्दै पोष्ट गरेँ त्यसलगत्तै ‘फष्टाउँदै छ अरिङ्गाल व्यवसाय’ भन्दै अरिङ्गालको फोटो राखेकीले यसैबाट व्यवसायले गति लिन थाल्यो ।
 “अहिले त काठमाडौँ र पोखराबाट समेत अरिङ्गालको माग बढिरहेको छ तर मागअनुसार पुर्‍याउने सकेकी छैन’, उनी भन्छिन् ।
सिर्जनाले दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार गर्ने गरेको दाबी गर्छिन् । “विशेष गरी अरिङ्गाल खान आउने सौखिन, चिसो लागेका र रक्तचाप कम भयो भन्नेहरु छन् ।”
 उनी भन्छिन् “अरिङ्गाल भन्ने बित्तिकै धेरै डराउँथे तर यही नै व्यवसायका रुपमा आजकाल फष्टाउँदो छ । यसलाई व्यावसायिकरूपमा पाल्न सके अझै राम्रो हुँदै जाने देखिन्छ ।”
 अरिङ्गाल पोलेर आर्थिक जोहो गर्न सफल भएका म्याग्दी विम–७ भारबाङ मालिका गाउँपालिका २६ वर्षीय रिमबहादुर गौतम भन्छिन् ।
 “एक दिन गाउँमा एक गुरुङ थरका व्यक्ति अरिङ्गाल खोज्दै आए, हामीले अरिङ्गाल पोलेर दिएपछि उनले खाँदै यसबाटै आफ्नो स्वास्थ्यमा सुधार आएको बताए ।
 आफ्नो शरीरमा अरिङ्गाल खाएपछि मात्रै पसिना आउने थालेको उनले जानकारी दिए । त्यसपछि विभिन्न रोग भएकाले पनि अरिङ्गालको खोजी गर्दै आउन थालेकाले यसको माग बढ्न थाल्यो ।”
 गौतमले आफूहरु दुईभाइ मिलेर अरिङ्गाल व्यापार गर्न थालेको बताउँछन्  । “अहिले त एकदमै माग बढ्दो छ तर अरिङ्गाल पाउनै गाह्रो छ” अरिङ्गाल खोज्न एक दिनको बाटोसम्म हिँड्नु परेको उाको अनुभव छ । ठूलो घारबाट ३३ माना जति अरिङ्गाल निकालेको र रु ४० हजार जति कमाएको रिमबहादुरको भनाइ छ ।
 उनी भन्छन् “अरिङ्गाले टोक्ने भएकाले अलि गाह्रो हुन्छ होला यसलाई व्यावसायिक रूप दिन । पछिल्लो समय यसको माग बढ्दै गएको छ अब कृषि विज्ञले कुनै सल्लाह दिएभने गर्ने सकिन्छ कि

तपाईंको बिचार