Wednesday, August 23, 2017

बन्द, हडतालका कार्यक्रम फिर्ता लिन चेम्बरको आग्रह |

प्रकाशित मिति: 2015/08/25

काठमाडौं, भदौ ७ । मुलुकको विभिन्न भागमा भइरहेको लगातारको बन्दले सामान्य जनजीवन प्रभावित भइ मुलुकको उद्योग–व्यवसाय तथा आपूर्ति व्यवस्थामा आएको अवरोधप्रति नेपाल चेम्बर अफ कमर्सले चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

मुलुक लामो समयदेखि राजनीतिक संक्रमणकालबाट गुज्रिरहेको, विनाशकारी भूकम्पले तहसनहस भएकोे नेपालको अर्थतन्त्र लगातारको बन्दले थप मर्माहत भएको चेम्बरको ठहर छ ।

चेम्बरले सोमबार एक विज्ञप्ति जारी गरी आ–आफ्ना मागहरुलाई वार्ता र संवादको माध्यमबाट हल गर्न सम्पूर्ण राजनीतिकदल र सरकारलाई अनुरोध गरेको छ ।

बन्द, हडतालले औद्योगिक–व्यवसायिक वातावरणमा थप नकारात्मक असर पुर्याउने र यसले लगानीको वातावरणमासमेत प्रतिकूल असर पर्नेतर्फ ध्यानाकर्षण गराउँदै चेम्बरले बन्द, हडतालका कार्यक्रम तुरुन्त फिर्ता लिन सम्बन्धित सबैसँग आग्रह गरेको छ ।

तपाईंको बिचार