Wednesday, October 16, 2019

बाँकेमा एनआईसी एशिया बैंकको २ नयाँ शाखा

प्रकाशित मिति: 2018/10/11

काठमाडौं । एनआईसी एशिया बैंकले  २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा शाखा कार्यालय संचालनमा ल्याएको हो । 

योसँगै मुलुकभर बैंकको कुला शाखा कार्यालय संख्या २ सय ६१ पुगेको छ।  एटिएम, २ सय ५३ र एक्सटेन्सन काउण्टर  २५ र शाखा रहित बैंकिङ्ग ईकाई १८ वटा पुगेको बैंकले जनाएको छ । 

त्यस्तै बैंकको वासलातको आकार रू. १ सय ९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ६४ अर्ब तथा कर्जा रू. १सय ३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

 

तपाईंको बिचार