Sunday, August 25, 2019

चन्द्रागिरीपछि आईएमई ग्रुपले मौलाकाली मन्दिरमा केवलकार बनाउने

प्रकाशित मिति: 2018/10/14

काठमाडौं । राजधानीको चन्द्रागिरीमा केवलकार स ञ्चालन गरिरहेको आईएमई ग्रुपले अर्को केवलकार बनाउने भएको छ । समूहले नवलपरासी पूर्व जिल्लाको धार्मिकस्थल मौलाकाली मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माणको काम अघि बढाएको हो । आईएमई समूहले ५१ प्रतिशत लगानी गर्ने छ । ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारेको छ ।


मौलाकाली केवलकार प्राइभेट लिमिटेडले प्रस्तावित मौलाकाली केवलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) को काम सुरु गरेको छ । केवलकारले सर्वसाधारणबाट ३० दिनभित्र रायसुझाव समेत मागेको छ । वन तथा वातारण मन्त्रालयबाट ईआईए स्वीकृति भएपछि केवलकार निर्माण अघि बढ्ने कम्पनीले जनाएको छ ।

केवलकार गण्डकी प्रदेशको नवलपरासी पूर्व जिल्लाको गैडाकोट नगरपालिकाको धारापानी टोलमा वेसस्टेशन तथा मौलाकाली मन्दिर परिसरमा टपस्टेशन रहने छ । ईआइए सकिएपछि विस्तृत आयोजना प्रतिवेदन डिपीआरको लागि काम अघि बढ्ने कम्पनीले जनाएको छ । यसअघि मनकामना र चन्द्रागिरी भालेश्वर मन्दिरमा केबलकार शुरु भैसकेका छन् ।

मैलाकाली मन्दिरमा केवलकार निमार्णको कागजी प्रक्रिया धेरै अघि बढीसकेको र सरकारका निकायहरुबाट उचित समन्वय भएमा एक वर्ष भित्रैमा केवुलकार सञ्चालन गर्ने तयारीमा रहेको आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताइसकेका छन् । सार्वजनिक सुनुवाइमा उनले छिटै निमार्णको काम सुरु गर्ने जानकारी गराएका थिए ।

गैँंडाकोट मौलाकालिका मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमीन खरीद गरी मौलाकाली केवलकार प्रालि दर्ता नै गरेर आइएमइ गु्रपले केवुलकार निमार्णका लागि अन्य प्राविधिक तयारी गरेको छ । मौलाकालिका मन्दिरमा दर्शनका लागि आन्तरिक र बाह्य गरी वार्षिक करीब १० लाख पर्यटक आउने गरेको अनुमान छ ।

तपाईंको बिचार