Sunday, August 25, 2019

समितिमा अध्यक्ष मदन खरेलले विमान खरिदको योजना सुनाए

प्रकाशित मिति: 2018/10/25

काठमाडौं। सोमबार विहान नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा अध्यक्ष मदन खरेलले विमान खरिदको योजना सुनाए। ६ वटा नयाँ ट्विनअटर विमान किन्न सञ्चालक समितिमा प्रस्ताव ल्याउन चाहेको उनले बताए।

हालै दुईवटा ठूला विमान खरीद गरेको निगमले आन्तरिक बजार विस्तारका लागि साना विमान खरिदको योजना अघि बढाएको थियो। यो जहाज खरीदका लागि चालु वर्ष पाँच अर्ब रुपैयाँ र त्यसपछि अर्को वर्ष १५ अर्ब रुपैयाँ चाहिने खरेलले बताए।खरेलले मौखिक प्रस्ताव राखेपछि सञ्चालक समितिका सदस्यहरुले नयाँ जहाज खरीदमा प्रवेश गर्नुअघि निमगसँग वाइडबडी जहाज उडाने कार्ययोजना माग गरे। खरेलले आफूहरुले विभिन्न देशसँग गन्तव्यका लागि प्रस्ताव गरेको तर कतैबाट पनि सकारात्मक जवाफ नपाएको बेलिविस्तार लगाए।


त्यसलगत्तै सञ्चालकहरुले अर्को प्रश्न थपे, वाइडबडी जहाज उडान गन्तव्य नपाएपछि तपाईंले निगमभन्दा माथिल्ला निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई अनुरोध गर्नुभयो कार्यकारी अध्यक्ष खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारले त्यसबारेमा प्रष्ट जवाफ दिएनन्। फेरि सञ्चालकले नै भने, केही गर्न नसक्ने भए तपाईंको यो कर्पोरेट डिपार्टमेन्ट र तपाईंहरुको काम चाँहि के त

केही समयको बहसपछि निगम सञ्चालकहरुले दुईवटा वाइड बडी जहाज फुल क्यापासिटीु उडान नगरेसम्म अरु जहाज किन्ने वा ऋण लिने प्रस्ताव अघि बढ्न नसक्ने निष्कर्ष सुनाए। हामीले भनिदियौँ, भोलि तपाईंहरुले जहाज उडाउन सकिएन, भाडामा दिनुपर्योव भन्नुहोला। अनि के त्यसमा पनि सही गरिदिनु एक सञ्चालकले  भने।

सञ्चालकहरुले निगमले गन्तव्यका लागि विभिन्न देशसँग अहिलेसम्म गरेका प्रयासको फेहरिस्त पनि मागेका छन्। विमान किन्ने सम्झौता भएपछि यो दिन विमान आउँछ भन्ने उहाँहरुलाई थाहा थियो, त्यो अवधिमा गन्तव्यका लागि किन प्रयास भएन, बैठकमा एक सञ्चालकले प्रश्न गरे, ल्याएको जहाज पूर्ण क्षमतामा उडाउनु पर्यो। त्यसको ऋण छ तिर्नुपर्यो। अनि नयाँ किन्ने कुरा हुन सक्छ।

सञ्चालकहरुले प्रश्न गरे, चिनियाँ कम्पनीले हप्तामा ४२ वटा भन्दा धेरै उडान गर्छन्, हामीले एउटा फ्लाइट माग्न पनि नसक्ने अवस्था किन आयो सञ्चालकले प्रश्न गरे, यस्तो घाम जस्तो घर्लंग नेगोसिएसन पनि गर्न सक्नु हुन्न भने कसरी काम गर्नुहुन्छ बैठकमा नेपालमा उडान गर्ने अधिकांश कम्पनीले नाफा कमाउँदा नेपाल एयरलाइन्सको व्यापार किन सन्तोषजनक भएन भन्ने प्रश्न पनि उठाएका थिए। कतार एयरलाइन्सले सबैभन्दा राम्रो लाभ काठमाडौं(दोहा रुटमा लिन्छ, थाइको त्यस्तै छ, भारतीयको त्यस्तै छ, सञ्चालकको प्रश्न थियो, अनि यही रुटमा हामी किन राम्रो गर्न सक्दैनौँ हाम्रो व्यापार किन सन्तोषजनक छैन

वाइडबडी जहाज खरिदको सम्झौता भइसकेपछिको निगमले करिब ३ वर्षअघि साना जहाज खरिदका लागि ऋण र इक्विटी गरी १९ अर्ब रुपैयाँ माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो। निगमले त्यतिबेलै रणनीतिक साझेदार नियुक्तीको प्रस्ताव पनि अर्थमा पठाएको थियो। तर अर्थ मन्त्रालयले निगमको दुईवटै प्रस्तावमा सकारात्मक जवाफ दिएन। रणनीतिक साझेदारको च्याप्टर क्लोजु भइसकेको छ भने नयाँ जहाज खरिदको विषय बेलाबखत उठ्ने गरेको छ।

तपाईंको बिचार