Friday, October 18, 2019

सर्वसाधारणका लागि आजबाट माथिल्लो तामाकोशीको सेयर खुला

प्रकाशित मिति: 2018/11/01

काठमाडौं । माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि आजदेखि खुला भएको छ । माथिल्लो तामाकोशीले तेस्रो चरणमा आजबाट सर्वसाधारणका लागि सेयर निष्काशन खुला गरेको हो ।
माथिल्लो तामाकोशीले १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो । आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कमपनीको विवरणपत्र  नागरिक लगानीकोष नयाँ बानेश्वर र सनराइज क्यापिटल लिमिटेडबाट हेर्न सकिनेछ ।
आवेदन फारम भने सि—आस्वा बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । आवेदन दिने समय कात्तिक १९ गतेसम्म हो ।
 यदि यस समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप हुनेछ । माथिल्लो तामाकोशीले यस अघि दुई चरणमा सेयर निष्काशन गरिसकेको छ ।

तपाईंको बिचार