Tuesday, May 23, 2017  |    

पुस्तक प्रदर्शनी सकियो, ५० हजारबढीको सहभागीता

प्रकाशित मिति: 2015/08/30

भदौ ४ गतेबाट राजधानीको भृकटीमण्डपमा सुरू भएको पुस्तक मेलामा ५० हजारभन्दा बढी सहभागी भएका छन् । उनिहरुले दुई करोड पच्चीस लाख बराबरको किताब किनेका मेला व्यवस्थापनले जनाएको छ । ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिसेसले उक्त मेला आयोजना गरेको थियो ।
पुस्तक मेलामा ११० वटा पुस्तक बिक्री कक्षबाट २१ विदेशी प्रकाशन गृहसहितका पुस्तक राखिएको आयोजकले जनाएको छ । प्रदशर्नीमा राजनीतिक नेता, कर्मचारी, शिक्षक, विद्यार्थी, पाठकहरुको उल्लेख्य उपस्थितिबाट आफुहरु हौसिएको आयोजकले बताएको छ । 
प्रदर्शनी सुरु भएको तेस्रो दिनको बन्दले पुस्तक बिक्रीमा प्रभाव पारेको आयोजक संस्था सर्भिसेसले जनाएको छ ।

 

तपाईंको बिचार