Monday, October 14, 2019

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट नेपालमा भने स्थिर

प्रकाशित मिति: 2018/11/20

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ ।
भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ ।
तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारेल थियो । एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ ।
यो अवधिमा भारतीय बजारमा पेट्रोल ६.१२ भारु र डिजेल ४.१३ भारु सस्तिएको हो ।

तपाईंको बिचार