Thursday, June 20, 2019

किराले करोडौं नोक्सान

प्रकाशित मिति: 2018/11/30

सिन्धुली । जुनारको राजधानी भनेर चिनिने सिन्धुलीमा जुनार फल पाकेर बजार लैजाने बेलामा रोग संक्रमण लागेर फल नष्ट हुन थालेको छ ।
फूल फूलेर फल लाग्ने बेलादेखि नै रोग किराको संक्रमण देखिएको कृषकको बगैँचाभरी भ्याक्टेरिया (औसे किरा) को संक्रणबाट सिन्धुलीको जुनार फल कुहिएर नष्ट हुन थालेको हो ।
जुनारमा ‘बेक्टोशेरा सिरामीन’ नामक झिँगाले फैलाएको भ्याक्टेरीयाका कारण जुनार फलमा किरा लाग्ने र कुहिएर बोटमै नस्ट हुने गरेको सुपर जुनार जोन कार्यक्रम सिन्धुलीका देवराज अधिकारीले बताए ।
‘बेक्टोशेरा सिरामीन नामक एक प्रकारको झिँगाले जुनार फलमा फूल पार्ने र त्यो फूलबाट आँैसा विकसित भएर जुनार फल नष्ट गर्दा सिन्धुलीका कृषकले उत्पादन गरेको ८० प्रतिशत जुनार फल काम नलाग्ने अवस्थामा पुगेको छ,’ अधिकारीले भने । यस्ता फलको बाहिर सध्य देखिएका फलमा पनि भित्र किरा हुने गरेको बताइन्छ ।
सिन्धुलीको रतनचुरा, तिनकन्या, बाशेश्वर, भुवनेश्वरी, जलकन्याका जुनार फलमा संक्रमणले बढी असर पुर्याएको हो । जिल्लामा यस वर्ष जुनार फुल्दा देखि नै रोग किराको संक्रमण भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै खपत गराउने गरी जुनार सुपरजोन कार्यक्रमले गुणस्तरीय फल उत्पादन गर्न लागिपरेको भए पनि औंसे किराका कारण उत्पादनमा कमी आएसँगै उत्पादित फलसमेत कुहिएर बोटबाटै झर्न थालेको हो ।

 

तपाईंको बिचार