Saturday, February 16, 2019

सुनको मूल्य बढ्यो

प्रकाशित मिति: 2018/12/04

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन मंगलबार ६०० रुपैयाँले बढेर प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोवार भएको छ। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासंघले जनाएको छ। आइतबार प्रतितोला ५७ हजार १०० रुपैयाँमा कारोवार भएको तेजावी सुन ९०० रुपैयाँले बढेर ५८ हजार रुपैयाँमा कारोवार भएको छ। केही दिन स्थिर रहेको चाँदी पनि २० ले बढेर ७२० रुपैयाँमा कारोवार भएको छ। महासंघले मंगलबार १० ग्राम सुनको मूल्य ४९ हजार ९८५ कायम गरेको छ। त्यस्तै १० ग्राम चाँदीको ६०९ कायम भएको छ।

 

तपाईंको बिचार