Thursday, October 19, 2017

शेयर बजारमा दोहोरो अंकको सुधार |

प्रकाशित मिति: 2015/09/01

काठमाडौं, भदौ १४ । सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो । बजार परिसूचक नेप्से पुनः १२ सय पुगेको छ ।

यसदिन नेप्से १६ अंकले उकालो लागेर १२ सय दशमलव एक छ कायम भएको हो । कारोबार सुरु भएदेखि नेप्से बुलिस ट्रेन्डमा अगाडि बढेको हो । बीमा समूहमा उच्च सुधार भएसँगै नेप्सेमा उल्लेख्य बृद्धि भएको हो । बीमा समूहमा ३ सय ८८ अंकको उच्च बृद्धि भएको हो ।

विकास बैंक र होटल समूहमा पनि दोहोरो अंकको बृद्धि भयो । वाणिज्य बैंक समूह ६ अंकले बढ्यो भने वित्त समूह नगन्य अंकले हरियो रह्यो । अन्य र जलविद्युत् समूह भने ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको ९ लाख ३१ हजार कित्ता शेयर ६१ करोड ३४ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

तपाईंको बिचार