Monday, April 22, 2019

शेयर बजारमा उच्च बृद्धि

प्रकाशित मिति: 2018/12/16

काठमाडौँ । शेयर बजारमा आइतबार उच्च बृद्धि भएको छ । सरकारले ब्याजदर र गिरावट आएको शेयरबजारका सम्बन्धमा सकारात्मक कदम चाल्न सक्ने अपेक्षाका लगानीकर्ताले गर्दा नेप्सेसँगै कारोबार रकममा उच्च बृद्धि भएको हो ।

सरकारले ब्याजदर र शेयर बजारमा देखिएका समस्या सम्बन्धमा अध्ययन गरि सुझाव पेस गर्न गठन गरेको समितिले आइतबार प्रतिवेदन पेश गर्ने भएपछि त्यसको सकारात्मक असर शेयर बजारमा परेको देखिन्छ । परिसूचक नेप्से १८ दशमलव आठ नौ अंकले बढेर १ हजार १ सय ६७ दशमलव ६ सात अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक झण्डै चार अंकले बढेर २ सय ४८ अंक माथि बन्द भएको छ ।

तपाईंको बिचार