Sunday, August 25, 2019

एक सयभन्दा माथिका भारतीय नोटमा प्रतिबन्धः सीमावर्ती बजारमा समस्या

प्रकाशित मिति: 2018/12/19

झापा । सरकारले दुईहजार, पाँचसय र दुई सय दरका भारतीय नोटको चलन चल्तीमा प्रतिबन्ध लगाए सँगै त्यसको असर झापाका बजारमा समेत देखिन थालेको छ । केही दिन अघिबाट त्यस्ता नोटमा प्रतिबन्ध लगाए पछि झापाका सिमावर्ती बजारहरुमा पनि त्यसको असर देखापर्न थालेको हो ।

झापाको काँकरभिट्टा, भद्रपुर र झापाका बजार लगायतका सीमावर्ती बजारमा ठूला दरका भारतीय नोटको अभाव हुँदा कारोबारमा असर परेको छ । सय रुपैयाँ भन्दा माथिका भारतीय नोटको चलन चल्तिमा सरकारी प्रतिबन्धका कारण राजस्व असुलीमा प्रत्यक्ष असर नपुगे पनि कारोबारमा भने असर देखिएको हो । प्रतिबन्धका कारण काँकडभिट्टा नाकाभएर नेपाल प्रवेश गर्ने भारतीय लगायत देशका पर्यटकहरु नोट नसाटिएका कारण समस्या पर्ने गरेका छन् ।

त्यस्तै, नोटको चलन चल्ति माथिको प्रतिबन्धका कारण काँकडभिट्टा र भद्रपुरका सटही काउण्टरहरुले समेत मागअनुसार नोट साट्न नसकेको जनाएका छन् । ठुला भारतीयनोट चल्न छाडेपछी सिमा पारी किनमेल र स्वास्थ्योपचारमा भारत जाने सर्वसाधारणलाई समस्या परेको छ । भारतमा नेपाली नोटको कारोबार नहुने र नेपालका बैङ्कले समेत २ हजार भारतिय रुपयाँ सम्म मात्र उपलब्ध गराउने भएकाले आफूहरु मर्कामा परेको सर्वसाधरण बताउँछन् ।

व्यापारी तथा व्यवसायीका अनुसार एक सय र सो भन्दा सानानोटको भरमा मात्रै सीमावर्ती बजारको कारोबार धान्न सकिदैन । विगतमा समेत सरकारले भारतीय ५ सय र एक हजार दरको नोटको चलन चल्तिमा रोक लगाए पनि गैरकानुनी रुपमा नोटको सटही गर्ने कारोबारीहरुले त्यसको राम्रो फाइदा लिने गरेका थिए ।

तसर्थ नोटमाथि प्रतिबन्ध गरिएको मौका छोपी गैरकानुनी रुपमा भारतीय नोटको कारोबार गरी लाभ उठाउने कारोबारीलाई समेत निरुत्साहित गर्न नसकिए अझ महंगोमा भारतीय यनोट खरिद गर्नुपर्ने बाध्यता भने कायमै रहनेछ ।

तपाईंको बिचार