Thursday, October 17, 2019

सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

प्रकाशित मिति: 2018/12/20

काठमाडौं । बिहिबार छापावाल सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । बुधबार पनि सुन यही भाउमा कारोबार भएको थियो ।
यसअघि मंगलबार ५९ हजार ४०० मा सुन कारोबार भएको थियो ।
यता चाँदीको भाउ भने बिहिबार तोलमा रु ५ ले घटेको छ ।  बुधबार तोलमा रु७२५ मा कारोबार भएको सुनको भाउ बिहिबार रु ५ घटेर रु ७२० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी आज तेजाबी सुन तोलमा रु ५८ हजार ५०० मा कारोबार भएको छ ।

तपाईंको बिचार