Wednesday, February 20, 2019

सम्राट सिमेन्टले उत्पादन दोब्बर बनाउँदै, १० अर्ब लगानीमा दैनिक ४००० टन क्लिंकर उत्पादन गर्ने

प्रकाशित मिति: 2018/12/22

काठमाडौं। दाङको सतबरियामा रहेको  सम्राट सिमेन्ट उद्योगले उत्पादन क्षमता दोब्बर बनाउन र क्लिन्कर उत्पादनको लागी थप दश अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
थप लगानीमध्ये आठ अर्ब १० करोड ६० लाख रुपैयाँ दीर्घकालीन ऋण जुटाउन सम्राट सिमेन्टले गराएको क्रेडिट रेटिङमा मध्यमस्तरको वर्गीकरणमा परेको छ। यो रकममध्ये ५६ करोड ६० लाख रुपैयाँ पहिलो चरणमा बैंक ऋण स्वीकृत भइसकेको छ। थप दीर्घकालीन ऋणको लागी उद्योग व्यवस्थापनले वाणिज्य बैंकसँग पहल गरेको छ। यो उद्योगमा पहिलो चरणमा ९५ करोड रुपैयाँ लगानी गरिएकोमा प्रवध्दक शेयर धनीले ३६ प्रतिशत र बाँकी बैंक ऋण मार्फत लगानी गरिएको थियो ।
बैंक ऋणको लागी प्रस्तावित परियोजनाको जोखिम र संभावनाको आधारमा वर्गीकरण गर्दै आएको संस्था केयर रेटिङले दीर्घकालीन ऋणको लागी ‘केयर एनपी बिबि’ र १ अर्ब रुपैयाँ अल्पकालीन बैंक ऋणको लागी ‘केयर एनपिएल एफोर’ रेटिङ दिएको  छ । अहिले १ हजार ८ सय टन उत्पादन क्षमता रहेको उद्योगको क्षमता बिस्तारको लागी काम शुरु भइसकेको छ ।
सन् २०२१ सम्ममा निर्माण सम्पन्न भएपछि उद्योगको दैनिक उत्पादन क्षमता दोब्बर हुनेछ। उद्योगले आफ्नै खानीबाट दैनिक ४ हजार टन क्लिंकर उत्पादन गर्न क्लिंकर प्रशोधन प्लान्ट समेत स्थापना गरिरहेको छ। सम्राट सिमेन्टले चुनढुङ्गा खानी उत्खननको लागी सरकारसँग दाङकै बंगलामुखी गाउँपालिकामा नौ सय पचास रोपनी जग्गा लिजमा लिएको छ । उद्योगमा थप लगानीसँगै उत्पादन क्षमता बिस्तार गर्न गतवर्ष वीरगंजका व्यापारी अनिल रुंगटाको नेतृत्वमा तीनजना व्यापारीलाई नयाँ साझेदारका रुपमा भित्र्याएका थिए।
रुंगटा, विशाल पटवारी र निर्मल गुप्ता नयाँ साझेदारको रुपमा प्रवेश गरेका हुन् । यो समूहको तर्फबाट रुंगटाले कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गरिरहेका छन् । रुंगटा ‘जगशक्ति’ ब्राण्ड डण्डी उत्पादक कम्पनी जगदम्बा इन्टरप्राइजेजको मुख्य संचालक हुन् । संचालनको पहिलो वर्ष ०७४/७५ मा सम्राट सिमेन्टले आफ्नो उत्पादन क्षमताको जम्मा ३८ प्रतिशत अर्थात ४५ लाख २१ हजार बोरा सिमेन्ट बिक्री गरेको छ । एक बोरामा पचास किलो सिमेन्ट अटाउँछ ।
सम्राट सिमेन्टलाई प्रतिघण्टा ३० मेट्रिक टन कोइला पिंधेर धुलो बनाउन सक्ने एमपिएस २२५ बिके मोडेलको तेर्सो मिल९भर्टिकल मिल० र सिमेन्ट प्रशोधन मिल आपूर्तिको लागी गत अक्टोबर महिनामा केएचडी हम्बोल्ट वेडाग९केएचडी०ले जर्मनीको गेबर पिफियरसँग खरिद सम्झौता गरेको थियो ।  केएचडी सिमेन्ट प्लान्ट र क्लिंकर खानी उत्खनन् तथा प्रशोधन उपकरण र प्राविधिक परामर्श उपलब्ध गराउने विश्व प्रसिद्ध जर्मन कम्पनी हो ।

तपाईंको बिचार