Saturday, February 16, 2019

शेयर बजार पुनः ओरालो

प्रकाशित मिति: 2019/01/08

काठमाडौँ । शेयरको मूल्य आज पनी पुनः घटेको छ ।

कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाए । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ विन्दुले घटेर २४९ दशमलव ८४ विन्दुमा झरेको छ ।

स्टककाअनुसार आज कूल १६० कम्पनीको ११ लाख नौ हजार २० कित्ता शेयर रु ३४ करोड २७ लाख ८६ हजार ५९६ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल दश उपसमूह मध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ । यस्तै छ उपसमूहको शेयर कारोवार भने घटेको छ ।

तपाईंको बिचार