Thursday, June 20, 2019

विदुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन खुल्यो

प्रकाशित मिति: 2019/01/16

बेत्रावती । नुवाकोट, रसुवा र धादिङमा सेवा पु¥याउने उद्देश्यले विदुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ ।

खाद्य सामग्रीसम्बन्धी तीन जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पु¥याउन कार्यालय स्थापना गरिएको हो । कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित नौ जनाको दरबन्दी भए पनि हाल खाद्य अनुसन्धान अधिकृतसहित चार कर्मचारीबाट सेवा थालिएको निमित्त कार्यालय प्रमुख ९खाद्य अनुसन्धान अधिकृत० नवराज श्रेष्ठले बताए।

उनका अनुसार यसअघि यहाँका तीन जिल्लाको कामकारवाही काठमाडौँबाटै हुने गरेको थियो ।

कार्यालय स्थापनासँगै सरोकारवालासँगको समन्वयनमा खाद्य सामग्रीसम्बन्धी नियमित बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्श र होटलको स्तरीकरण (गुणस्तर मापन चिह्न) गर्ने कार्यक्रम एकल तथा संयुक्त रुपमा कार्यालयले अघि बढाएको छ ।

तपाईंको बिचार