Tuesday, August 20, 2019

अदुवाबाट मनग्य आम्दानी

प्रकाशित मिति: 2019/01/21

कावासोती । नवलपुरमा अदुवाबाट मनग्य आम्दानी भएको छ । अदुवाकोबाट कृषकले उचित मूल्य पाएका छन् ।

अघिल्लो वर्ष अदुवाको मूल्य नपाएर चिन्तित बनेका उनीहरु यो वर्ष भने खुशी भएका छन् । अदुवा मुख्य बाली रहेको पूर्वनवलपुरका नरम, जौवारी, अर्खला, कोटथर लगायत ठाउँका अधिकांश कृषकहको यो खेतिबाट राम्रो आम्दानी भएको छ ।

अघिल्लो वर्ष एक धार्नी अदुवा ५० मा बिक्री गरेका अदुवा यो वर्ष भने रु १५० मा बिक्री गरिरहेको किसानले बताए । किसानहरुले यो वर्ष तेब्बर मूल्यमा अदुवा बिक्री गरिरहेको छ । अदुवा खेतिबाट पछिल्लो केही वर्ष उचित मूल्य नपाउँदा कृषक मारमा परेका थिए ।

अदुवा खेतिबाट पछिल्लो केही वर्ष उचित मूल्य नपाउँदा कृषक मारमा परेका थिए ।

तपाईंको बिचार