Thursday, October 17, 2019

जडिबुटी खेतीतर्फ आकर्षित हुँदै प्यूठानका कृषक

प्रकाशित मिति: 2019/01/24

प्यूठान ।  कृषकहरूमा जडिबुटीखेतीमा आकर्षण बढ्दै गएको छ। जिल्लमा मुख्य रूपमा तेजपात, टिमुर, श्रीखण्ड, चिउरी, चिउरी, दारुहल्दी (चुत्रो), सुगन्धवाल (सोमायो), अमला, पाखनवेद, कुरिलो लगायत जडिबुटी पाइन्छ। तेजपात प्यूठानको हंसपुर, दाङवाङ, वरौला, पकला, चुँजा, मरन्ठाना, खलंगा लगायतका अधिकांश स्थानमा पाइन्छ। ५०० मिटर देखि २,५०० मिटर सम्म टिमुर प्यूठानका खाल, कोचिवाङ, जुम्रीकाढा, माझकोट, फोप्ली, डामृ, लिघा, खवाङ लगायत स्थानमा पाइन्छ। सुगन्धवाल (सोमायो) १,५०० मिटर देखि ३,६०० मिटर सम्म हुनेमा फोप्ली, रजवारा, अर्खा, खवाङ लगायतका ठाउँमा पाइन्छ। काउलो १००० देखि २५०० प्यूठानमा हुने भए पनि खासै उत्पादनको रूपमा लिइएको छैन। त्यसैगरी लोक्ता रजवारा अर्खा, स्याउलीवाङ, डामृ, लिघाका उच्च स्थानमा पाइन्छ।

स्थानीयको चासोलाई थप टेवा पूराउने र स्थानीयको आयआर्जनमा बढवा गर्ने हेतुले प्यूठानमा जडिबुटी खेतीको विस्तारमा डिभिजन वन कार्यालयले पनि पछिल्लो विभिन्न कार्यक्रम गर्दै आएको छ। मुख्य प्रजातिहरुलाई पकेट क्षेत्र बनाएर उत्पादनमा प्रोत्साहन गर्दै आएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए।  ुजडिबुटीको पकेट क्षेत्र रूपमा विकास गर्न यो आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको छु, पौडेलले भने।

डिभिजन वन कार्यालय प्यूठानले कोचिवाङ, जुम्रीकाँढा र माझकोट टिमुर, बिजुवार र क्वाडी श्रीखण्ड र चुँजा, पकला, वरौला, दाङवाङ तेजपातको पकेट क्षेत्र मानी खेति विकास र विस्तारमा लागेको पौडेलको भनाई छ।  प्यूठानको जडिबुटीबारे जानकारी लिन नेपाल विज्ञान तथा प्रविधि पज्ञा प्रतिस्ठान (नास्टा) खुमालटारले बुधबार जडिबुटीको अवस्था बारे जानकारी, व्यवस्थापन, भण्डारण, संकलन र प्रशोधन लागि यान्त्रिकरण विषयक कार्यशाला गोष्ठिको आयोजना गर्‍यो। जडिवुटी व्यवसायी संघ (जवान) प्यूठानको समन्वयमा जडिबुटी व्यवसायी, उद्यमी, जनप्रतिनिधिको उपस्थितिमा भएको अन्तरक्रियामा जडिबुटीको सम्भावना प्रचुर रहेको प्यूठानमा यन्त्र र प्रविधिको उपयोगको ज्ञान पहुँचमा जडिवुटी कृषक पुग्न नसकेको सहभागीहरूले बताए।

 

तपाईंको बिचार