Sunday, August 25, 2019

अलैँची नबिक्दा किसान र व्यवसायी दुवै निराश

प्रकाशित मिति: 2019/01/25

संखुवासभा । भारतले अलैंची खरिद गर्ने छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको छ। भारतको बाटो हुँदै अलैँची पाकिस्तान निर्यातमा नजाँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासंघक केन्द्रीय उपाध्यक्ष सुमन श्रेष्ठले बताए। पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमाा गिरावट आएको उपाध्यक्ष सुमन श्रेष्ठको भनाइ छ। भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ। नेपालका अधिकांश अलैँची व्‍यवसायी भारतको बजारमा आत्मनिर्भर रहेको पाइन्छ। अलैँचीको राम्रो मूल्य पाउन नेपालले पाकिस्तानसँगको व्यापारलाई प्रभावकारी बनाउन जरुरी छ। चिनको बाटो हुँदै पाकिस्तानसँग अलैँची व्यापार बढाउन सरकारले पहल गर्नुपर्ने भए पनि मौन बस्दा व्‍यवसायी निराश हुनु परेको उपाध्यक्ष श्रेष्ठको गुनासो छ। सधैँ भारतको बजारमा निर्भर रहेको अलैँचीको निर्यात तेस्रो मुलुकको बजारसम्म पुग्न जरुरी छ। पछिल्लो समय सबैभन्दा धेरै बंगलादेशमा यसको प्रयोग हुने गरेको छ। आयुर्वेदिक रुपमा बंगलादेशले अलैँचीलाई प्रयोग गर्ने गरेकाले सिधै यसको निकासी बंगलादेश नै निकासी गर्न सकेको मूल्य पाउने निश्चित रहेको छ। अलैँचीको तेस्रो देशसँगको व्यापारको अध्ययन गर्न नेपाल अलैँची व्यवसायी महासंघको तर्फबाट उपाध्यक्ष श्रेष्ठ बंगलादेश, दुबई, चीन र भारतमा गएका थिए। मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेकोले भविष्यमा बजार पाउने आशा पलाएको छ। पाकिस्तानले भारतको बाटो हुँदै लगिएको अलैँची प्रयोग नगरेपछि व्यापारमा समेत प्रभाव परेको उनी बताउँछन्। पछिल्लो समय भारतमा अलैँची उत्पादन बढेको र त्यहाँ उत्पादित अलैंची विक्री नहुन्जेल भारतले नेपालको अलैँची माग नगर्ने गरेको व्यवसायीको भनाइ छ। अहिले अलैँची कारोवारी भारतमा समेत कमी आएको पाइन्छ। गत असारदेखि नेपालबाट करिब २० प्रतिशत मात्र अलैंची निकासी भएकाले जिल्लामा अझै ४० प्रतिशत रहेको उपाध्यक्ष श्रेष्ठ बताउछन्। ९८ प्रतिशत अलैची नेपाल बाहीर निर्यात हुने गरेको पाइन्छ। २ प्रतिशत मात्र स्वदेशमा खपत हुनेगरेको तंथ्याक छ। विश्व बजारले धुँवा रहित अलैंचीको माग गरेको अवस्थामा नेपालबाट ९० प्रतिश धुँवायुक्त उत्पादन हुने गरेको तथ्याङ्कामा रहेको छ। धुँयायुक्त नेपालको अलैंची क्यारेनटाइनले समेत नलिने अवस्ता रहेकाले यसमा तत्काल सुधार गर्नुपर्नेमा उनको जोड रहको छ। उचित मूल्य पाउनका लागि बजारले माग गरेअनुसार बस्तु समेत उत्पादन हुन आवश्यक रहेको छ। पुरानो बोट भएकाले उत्पादन घट्यो जिल्लामा करिब ४० वर्षभन्दा पुरानो बोट भएकाले उत्पानमा समेत ह्रास आएको कृषि शाखा प्रमुख खाँदबारीका रामबहादुर ठाकुरले बताए। अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पान घट्नुका साथै बोट समेत डढ्ने गरेको कृषकको गुनासो छ। बुढो विरुवा भएकाले रोगले समेत संक्रमण गरेको कृषि शाखा प्रमुख ठाकुरको भनाइ छ। चिचिला गाउँपालिका अनुप गुरुङ भन्छन् केही वर्ष अघितिर १ सय ५० मन उत्पादन भएको थियो तर अहिले जसोतसो ५ मन मात्र फलेको बताए। उनले भने सबै बोट मरेर सखाप भएपछि केही वर्ष निराश बनायो तर अहिले पुनः नयाँ विरुवा रोपेपछि गत वर्षदेखि उत्पादन सुरु भएको बताए। गुरुङ भन्छन् नयाँ विरुवासमेत मर्न सुरु गरेकाले फरी चिन्तित बनाएको बताए। उत्पादन हुने प्रत्येक जिल्लाम अलैंची जोन बनाउने हो भने समृद्धिको आधार तयार हुनेछ। यसले उत्पादन, प्रसोधन र बजारीकरण समेत योगदन पुर्‍उयान सक्ने लक्ष्‍यकासाथ योजना ल्याउन लागिएको बताइएको छ। ‘व्येर हाउस’ स्थापना गरी मागअनुसार मात्र विक्री गरिने हो भने पनि मूल्यमा गिरावट नआउने व्यवसायीको भनाइ छ। संखुवासभामा २९ हेक्टर जमिन उत्पादन योग्य जमिन रहे पनि हाल ३ सय मेट्रन अलैँची उत्पादन हुँदै आएको छ।

 

तपाईंको बिचार