Friday, October 18, 2019

च्याउखेतीबाट नाम र दाम दुवै

प्रकाशित मिति: 2019/01/28

बर्दिवास । काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बनेका छन महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङ डाँडाका दीपक भुजेल । बाली नसप्रिने गेग¥यान जग्गामा ४५ वर्षीय भुजेलले १० टनेलमा च्याउखेती गर्दै आएका छन्।

दुई वर्ष अघिसम्म भुजेललाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता हुन्थ्यो । घरखर्चका लागि उहाँ अब आफ्नो व्यवसायप्रति ढुक्क छन्। च्याउखेतीका कारण अहिले उनले नाम र दाम पाएका छन्।

“च्याउखेती गरेदेखि कुनै कुराको अभाव खट्केको छैन,” भुजेल भन्छन्।

दुई वर्षअघि कामको खोजीमा काठमाडौँ पुग्नुभएका भुजेलले ललितपुरको गोदावरी–१४ ठैबमा च्याउखेती गरेको देखेपछि यस व्यवसाय हात हालेका हु्न्।

तपाईंको बिचार