Sunday, April 21, 2019

सामसङको नाफामा ३१ प्रतिशतले गिरावट, २०१९ मा अझै घट्ने

प्रकाशित मिति: 2019/01/31

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङको नाफामा ३१ प्रतिशतले गिरावट आएको छ । कम्पनीको चौथो त्रैमासिक विवरण अनुसार सामसङको नाफामा ३१ प्रतिशतले गिरावट आएको वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ ।
स्मार्टफोन र मेमोरी चिप्सको निर्माताले ‘प्रतिकुल व्यवसाय र माईक्रोइकोनोमिक फ्याक्टर’ले नाफा घटेको आरोप लगाएको छ ।–वालस्ट्रिट जर्नलले लेखेको छ । सामसङले विश्वव्यापी रुपमै उपभोक्ताहरुको खर्च गर्ने शैलीमा आएको परिवर्तनले पनि आफ्नो नाफामा गिरावट आएको निचोड पनि निकालेको छ ।
डिसेम्बर ३१ तारिखमा सकिएको चौथो त्रैमासिक विवरण अुसार मोबाइल सेगमेन्टको नाफा एक तिहाई घटेको छ भने उपकरण विभागको नाफा पनि २९ प्रतिशतले ओरालो लागेको छ । सामसङले सन २०१८ मा २४३.७७ ट्रिलियन कोरियन वनको कारोबार गरेको छ जसबाट कम्पनीले ५८.८९ ट्रिलियन सञ्चालन मुनाफा आर्जन गरेको छ ।
२०१९ झनै खराब
कम्पनीले सन २०१९ सालमा आफ्नो व्यवसायमा झनै मन्दी आउने प्रक्षेपण गरेको छ । मेमोरो चिप्सको आरोलो लाग्ने बजारका कारण कम्पनीको नाफामा असर पर्ने निष्कर्ष निकालिएको हो ।

 

तपाईंको बिचार