Monday, April 22, 2019

३३ किलो सुन प्रकरण : दुबई बसेर सुन पठाउने खड्का पक्राउ

प्रकाशित मिति: 2019/02/05

काठमाडौं । ३३ किलो सुन प्रकरणमा संलग्नता देखिएपछि दुबई (युएई) बस्दै आएका हरि खड्का पक्राउ परेका छन् ।
उनलाई दुबई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुसन्धानमा देखिएपछि खड्काविरुद्ध इन्टरपोलमार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन् ।
उनी पक्राउ परेको अनौपचारिक सूचना प्राप्त भए पनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिएका छन् ।

तपाईंको बिचार