Monday, August 26, 2019

दुई महिनाभित्र नेपालबाटै ब्रिटानिया बिस्कुट उत्पादन हुने

प्रकाशित मिति: 2019/02/06

वीरगंज । दुई महिनाभित्र ब्रिटानिया बिस्कुट नेपालबाटै उत्पादन सुरु हुने भएको छ। भारतको लोकप्रिय ब्राण्ड ब्रिटानियाले शतप्रतिशत वैदेशिक लगानीमा वीरगंजमा उद्योग स्थापनाको काम सुरु गरेको थियो।
उद्योग व्यवस्थापकका अनुसार उद्योगको पूर्वाधारको काम ८० प्रतिशत पूरा भइसकेको छ।१ अर्ब ११ करोडको लागतमा करिब २ विघा जग्गामा निर्माण भइरहेको उद्योगको मेशिन जडानको काम भइरहेको उद्योगका मानव संशाधन प्रवन्धक प्रमोद आचार्यले बताए। उनले दुई महिनाभित्र उद्योगबाट विस्कुट उत्पादन सुरु हुने जानकारी दिए।
गतवर्ष जनवरीबाट उद्योग पूर्वाधारको काम सुरु भएको थियो। १८ महिनामा पूर्वाधार निर्माण सक्ने ठेक्का लिएको भारतीय निर्माण कम्पनी आदर्शन विल्डवेलले चार महिना अघिनै काम सक्नेगरि तीब्र गतिमा काम गरेको उनले बताए। भारतको निर्माण कम्पनी आदर्शन बिल्डवेल प्रालिले गतवर्ष जनवरीदेखि काम थालेको थियो।
निर्माणमा दैनिक २ सय हराहारीमा कामदार खटेका थि १८ महिना निर्माण अवधी तोकिए पनि १४ महिनामै ठेकेदार कम्पनीले काम सकाउँदैछ उनले भने,मार्च दोस्रो सातादेखि उद्योगले उत्पादन थाल्ने योजना छ ।’ उद्योगले कर्मचारी नियुक्ती प्रकृया समेत अघि बढाएको छ। उद्योगले आचार्यका अलावा
प्रोडक्शन म्यानेजरमा संजीव बडोरा, गुणस्तर डिपार्टमेन्टको प्रवन्धकमा धर्म शाक्यलाई नियुक्त गरिसकेको छ । बडोरा भारतकै बिस्कुट उद्योगमा काम गरिसकेका छन्। शाक्य नेबिकोमा ४ बर्ष काम गरेर १५ वर्ष दुबईमा रहेको एक अमेरिकन बिस्कुट उद्योगमा काम गर्दै आएका थिए ।शाक्यका अनुसार उद्योगबाट १० ब्रान्डको ब्रिटानियाको बिस्कुट उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
वार्षिक १४ हजार टन बिस्कुट उत्पादन गर्ने उद्योगको क्षमता छ। उद्योगले गुडडे,बरबन,डाइजेस्टिम,टाइगरलगायत लोकप्रिय बिस्कुट उत्पादन हुनेछ। उद्योग सञ्चालनमा आएपछि केक र बेकरी खाद्यवस्तु पनि उत्पादन हुने उनले बताए। उद्योग विभागकामा ब्रिटानियाले ३ सय ४५ जनालाई प्रत्यक्ष रोजगारी दिने उल्लेख गरेको थियो। उद्योगमा कर्मचारी नियुक्तीका लागि स्थानीयको समेत तीब्र दबाब आइरहेको स्रोतले बतायो।
यो उद्योगले नेपालको बिस्कुट बजारमा करिब १ अर्बको बर्षेनी कारोबार गर्ने जनाएको छ ।हाल पनि भारतमा निर्माण हुने बिस्कुटले नेपालमा २० प्रतिशत बजार हिसा ओेगटेको कम्पनीले दावी गरेको छ । भारतको वाडिया ग्रुपको लगानीमा स्थापित ब्रिटानिया कम्पनीले वार्षिक एक खर्ब रुपैयाँको कारोबार गर्छ । भारत र दक्षिण एसियामै ब्रिटानियाको उत्पादन लोकप्रिय छन् ।

तपाईंको बिचार