Thursday, June 20, 2019

फागुनबाट इलाम नगरपालिकाले प्रदूषण कर नलिने

प्रकाशित मिति: 2019/02/07

इलाम । इलाम नगरपालिकाले स्थानीय सरकारले लगाएको प्रदूषण कर हटाउने भएको छ । चर्को जनगुनासो आएपछि कर हटाउन लागिएको हो ।

माघमा बसेको कार्यपालिकाको बैठकले पेट्रोलियम पदार्थमा लिँदै आएको प्रदूषण कर हटाउने निर्णय गरेको हो । यो निर्णय फागुन १ गतेबाट लागू गरिने नगरपालिकाले जनाएको छ ।

गएको भदौ ७ गतेबाट लगाउँदै आएको प्रदूषण कर प्रतिलिटर ५० पैसाका दरले उठाउँदै आएको थियो । त्यस करबापत उठेको १९ पैसा संघीय सरकारलाई बुझाउँदै आएको थियो । पाँच महिनामा नगरपालिकाले पाँच लाख रुपैयाँ प्रदूषण कर संकलन गरेको छ । प्रदुषण कर हटेसँगै घरवहाल कर भने नगरले बढाएको छ ।

सात प्रतिशतले लिँदै आएको कर बढाएर दश प्रतिशत पुर्‍याउने निर्णय कार्यपालिकाको बैठकले गरेको छ । विगतमा संघीय सरकारले दश र स्थानीय तहले दुई प्रतिशत कर लिँदै आएको नगरले जनाएको छ ।

नयाँ संरचना बनेपछि घरवहाल कर संकलनको जिम्मा स्थानीय तहलाई दिइएको छ ।

तपाईंको बिचार