Thursday, June 20, 2019

सुन–चाँदीको भाउ घट्यो

प्रकाशित मिति: 2019/02/07

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बिहीबार सुनको तोलामा ४ सय रुपैयाँ घटेको छ । महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको जनाएको हो ।

बुधबार तितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार भने प्रतितोला ६२ हजार मै कारोबार भइरहेको छ । चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । बिहीबार चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको बिचार