Sunday, April 21, 2019

०.६७ अंकले घट्यो नेप्से

प्रकाशित मिति: 2019/02/12

काठमाडौँ । सोमबार सामान्य सुधार देखिएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मंगलबार भने ०.६७ अंकले घटेर ११२८.१९ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.०६५ ले घटेको हो । कुल १६४ कम्पनीको १९ करोड ४१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ८ लाख ४६ हजार ७८० कित्ता सेयर खरिदबिक्री भएका हुन् ।

११ वटा समूहको सेयर कारोबार भएकामा ६ समूहका सूचक बढेका छन् भने बाँकी ५ वटा समूह तल झरेका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै २३.९५ अंकले बढेको छ । यता, बैंकिङ समूहको सूचक ०.४७ अंकले ओरालो लागेको छ ।

कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयरले अग्रता लिएको छ । प्रभु संस्थापकको ३ करोड १० लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः अपर तामाकोशी हाइड्रोपावर र प्रभु बैंक परेका छन् ।

 

तपाईंको बिचार