Monday, October 14, 2019

साताको अन्तिम दिन सुनको मूल्य बढ्यो

प्रकाशित मिति: 2019/02/15

काठमाडौँ । साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । सुनको मूल्य बृद्धि भएको भएपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिवारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँले बृद्धि भएको हो ।

छावापाला सुन प्रति तोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५३ हजार २ सय ४० रुपैयाँ, तेजावी सुन ५२ हजार ९ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय ५६ रुपैयाँ मूल्य कायम गरेको छ ।

तपाईंको बिचार