Monday, September 16, 2019

नेप्सेमा सामान्य सुधार, परिसुचक बढेर ०.८४ अंकमा

प्रकाशित मिति: 2019/02/21

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सामान्य सुधार आएको छ । नेप्से सूचक बिहीबार ०.८४ अंकले बढेर १११३.०७ विन्दुमा आइपुगेको छ । बजार समग्रमा ०.०८५ ले बढेको हो । १५५ कम्पनीको १६ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकम औसतमा कम हो ।

नीगित अन्योलताका कारण ठूला लगानीकर्ता ‘पर्ख र हेर’ कै अवस्थामा बस्दा कारोबार रकम सुस्त भएको अनुमान गरिएको छ । यस दिन ४ लाख ७५ हजार ७६६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

१० वटा समूहको कारोबार भएकामा ७ वटा समूहका सूचक हरिया भएका छन् भने बाँकी ३ समूह राता देखिएका छन् । वाणिज्य बैंक समूह १।३२ अंकले माथि लागेको छ । कारोबार रकममा चौतारी लघुवित्त वित्तीय संस्थाले अग्रता लिएको छ ।

चौतारीको २ करोड ५० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक परेका छन् ।

 

 

 

तपाईंको बिचार