Tuesday, March 19, 2019

एक हप्तामा प्रतितोला १८ सय रुपैयाँले घट्यो

प्रकाशित मिति: 2019/03/05

फागुन २१, काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्ले हप्ता ६२ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६१ हजार रुपैयाँमा झरेको जनाएको छ।

केही दिन अगाडि सुनको मूल्य ६३ हजार रुपैयाँ नाघेको थियो। यो मूल्य ६ वर्षयताकै उच्च रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।

उनका अनुसार २०७० साल भदौ १२ गते ६३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। उनले भने, ‘चीन र अमेरिकाबीच चलिरहेको ब्यापारिक युद्धका कारण सुनको मूल्य बढेको हो। अहिले चीन र अमेरिकाकोे सम्बन्धमा सुधार आउने संकेत देखिए पछि यसको असर सुनको मूल्यमा परेको हो।’

यो बिबाद नसुल्झिए सम्म सुनको मूल्य अझै बढ्न सक्ने आशंका गरिएको थियो। तर बिबाद टुङ्गिने संकेत देखिएपछि सुनको मूल्य ओरालो लागेको हो। बिबाद टुङ्गिए मूल्य अझ घट्नसक्ने शाक्यको भनाइ छ।

तपाईंको बिचार